Thursday, May 16, 2013
रामले रावणलाई मारेर
रामले रावणलाई मारेर
विजयध्वजा फैलाएपछि लक्ष्मणले रामलाई भने –
‘दाजु हामीले जितेपछि लंका पनि हाम्रै भयो ।
लंका पनि हाम्रो, अयोध्या पनि हाम्रो तर
लंका सुनैसुनको छ । राम्रो भए
पनि लंका जति सुन्दर अयोध्या छैन । लंकालाई नै
राजधानी बनाऊँ र अयोध्यासम्मको सबै
राजपाट यहीँबाट सञ्चालन गरुँ ।’
तन्नेरी मनका लक्ष्मण, सम्पत्ति, शासन, बैँश र
युद्ध जितेको भर्भराउँदो उत्साह । उनीभित्र
केही दम्भ, केही अहङ्कार, केही सौन्दर्यप्रेम र
केही नयाँ कुरा खोज गर्ने उत्सुकता तर रामसंग
बेग्लै गम्भीरता र सोच थियो, थियो र त राम
राम भएका हुन् । उनको चेतना तह,
प्राणीप्र्र्रेम वा पुराणहरुमा वर्णन
गरिएजस्तो चामत्कारिक क्षमता । उनले बुझे
लक्ष्मणको चाहना र अभिप्सा र लक्ष्मणको पुरै
शरीर नियालेर रामले भने –
‘अपि स्वर्णमयी लंका न मे लक्ष्मण रोचते
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।’
अर्थात् लंका सुनै सुनको भए
पनि मेरो रोजाइमा पर्दैन लक्ष्मण । जननी र
जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन्छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment