Thursday, May 16, 2013

शेरेको परिक्षा

शेरेको परिक्षा आएछ ... परिक्षाको अघिल्लो दिन गेस पेपर किनेर ल्योर घोकेर पानी पारेछ... उपिया को बारेमापनि सबै कन्ठ पारेछ उपिया फोहोर ठाउमा हुन्छ यस्ले थुप्रै जनावर लाई हैरान पार्छ उपिया सानो हुन्छ फुत्त फुत्त उफ्रिन्छ यो पर्यो भने चिलाउछ चौपाए दुब्लाउदै जान्छन उपिया मार्ने औषधी निशुल्क पाईन्छ उपिया लाई सम्मान गर्दै बिभिन्न कबिले कबिता लेखेका छन......भन्दै सबै घोक्यो र मख्ख पर्दै सुत्यो अर्को दिन परिक्षा दिन गयो........ प्रश्न एउटा यस्तो थियो बिरालो को बारेमा लेख्नुहोस् शेरेले बिरालो घर पालुवा जिबहो यस्ले दुध पिउछ मुसा मार्छ लेखेछ अरु त पढेको थिएन सबै उपिया को पढेको थियो अब के गरौ भनेर सोचेछ र लेखेछ यदी बिरालो फोहोर भयो भने बिरालो लाई उपिया पर्छ उपिया फोहोर ठाउमा हुन्छ यस्ले थुप्रै जनावर लाई हैरान पार्छ उपिया लाई सम्मान गर्दै बिभिन्न कबिले कबिता लेखेका छन उपिया सानो हुन्छ फुत्त फुत्त उफ्रिन्छ यो पर्यो भने चिलाउछ चौपाए दुब्लाउदै जान्छन उपिया मार्ने औषधी निशुल्क पाईन्छ भन्दै रात भर घोकेको सबै लेख्यो... उत्तर जाँच्ने लाई पो आपत पर्यो उतर पनि ठिकै हो तर के नमिले नमिले जस्तो शेरेको अर्को परिक्षा लिनु पर्छ भनेर पुन्ह: परिक्षा लीए प्रश्न एस्तो थियो गाई को बारेमा लेख्नुहोस् शेरेले त गाइको बारे पढेकै थिएन तेसैले लेखेछ गाई बाधेर राखिन्छ दिसा पिसाब गरेकै ठाउँ मा बस्नेहुँदा फोहोर हुन्छ यदी फोहोर भयो भने गाई लाई उपिया पर्छ उपिया फोहोर ठाउमा हुन्छ यस्ले थुप्रै जनावर लाई हैरान पार्छ उपिया लाई सम्मान गर्दै बिभिन्न कबिले कबिता लेखेका छन उपिया सानो हुन्छ फुत्त फुत्त उफ्रिन्छ यो पर्यो भने चिलाउछ चौपाए दुब्लाउदै जान्छन उपिया मार्ने औषधी निशुल्क पाईन्छ भन्दै रात भर घोकेको सबै लेख्यो... उत्तर ठिकै हो तर सबै उपियाको बारेमा छ अब यस्लाई उपिया नपर्ने जनवर को नाम दिउ र अझ एक पटक परिक्षा लिउ भनेर परिक्षा लिएछन प्रश्न यस्तो थियो माछा को बारेमा लेख्नुहोस् सोच्नुहोस् अब के लेखेको होला शेरेले???? उस्ले लेख्यो:माछा पानीमा बस्छ। सधैं नुहाउने हुँदा उपिया पर्दैन तर यदी माछा पानीको सट्टा जमिनमा बसेको भ माछा पनि फोहोर हुन्थ्यो होला यदी माछा फोहोर भयो भने उस्लाई पनि उपिया लाई उपिया पर्छ उपिया फोहोर ठाउमा हुन्छ यस्ले थुप्रै जनावर लाई हैरान पार्छ उपिया लाई सम्मान गर्दै बिभिन्न कबिले कबिता लेखेका छन उपिया सानो हुन्छ फुत्त फुत्त उफ्रिन्छ यो पर्यो भने चिलाउछ चौपाए दुब्लाउदै जान्छन उपिया मार्ने औषधी निशुल्क पाईन्छ भन्दै रात भर घोकेको सबै लेख्यो... उत्तर देखेर शिक्षक त बेहोस..हा हा

No comments:

Post a Comment