कागज काट्ने बन्चरो काठ काट्ने कैंची
कुखुराले पाडो पायो छक्क पर्यो भैंसी
आज
भैसी काहां चर्यो कर्णालीको तिरमा
पाडो टिपी चिलले
लग्यो कुखुरा लड्यो डिलमा
तल पर्यो थर्को डांडा माथी पर्यो भैसे
अफिस गको मौका पारी बुढी पोइल
गैछ
कागज काट्ने बन्चरो काठ काट्ने कैंची
आहाल बस्यो चैते ढेडु रुख चढ्यो भैंसी
गोरु गर्छ भुनुनु ड्वांड्वां गर्ने मौरी
माछा पस्यो जंगलतिर स्यालले
खेल्यो पौढी
No comments:
Post a Comment