Monday, May 20, 2013

मत छिट्टै मर्छु होला रमाएरै बाँच्नु तिमी नामसँगै दाम पनि कमाएरै बाँच्नु तिमी वरिपरि शुन्य होला म मोर्दाको पल कतै नरुनुहै मुटु आफ्नो थमाएरै बाँच्नु तिमी उचनिच दाया बाया कहि कतै गरे पनि समाजमा आफ्नो हक जमाएरै बाँच्नु तिमी एकै बस्दा एकान्तमा मेरो याद आयो भने मेरो त्यो रुमाल चिनो समाएर बाँच्नु तिमी

Thursday, May 16, 2013

आजकलका केटी

आजकलका केटी पढेका हुन्छन पढेका केटी सडेका हुन्छन देखीन्छन साना नजरमा तर उमेरमा भने बढेका हुन्छन गुन्यू चोली हरायो कठै आधुनिक पहिरन जडेका हुन्छन देखीन्छ सबैको घरघरमा अचेल सासु र बुहारी लडेका हुन्छन जिन्दगी आफ्नो सम्हाल्नु साथी लोग्नेको शिरमा चढेका हुन्छन ॥ .. .. . . ..

रामले रावणलाई मारेर

रामले रावणलाई मारेर विजयध्वजा फैलाएपछि लक्ष्मणले रामलाई भने – ‘दाजु हामीले जितेपछि लंका पनि हाम्रै भयो । लंका पनि हाम्रो, अयोध्या पनि हाम्रो तर लंका सुनैसुनको छ । राम्रो भए पनि लंका जति सुन्दर अयोध्या छैन । लंकालाई नै राजधानी बनाऊँ र अयोध्यासम्मको सबै राजपाट यहीँबाट सञ्चालन गरुँ ।’ तन्नेरी मनका लक्ष्मण, सम्पत्ति, शासन, बैँश र युद्ध जितेको भर्भराउँदो उत्साह । उनीभित्र केही दम्भ, केही अहङ्कार, केही सौन्दर्यप्रेम र केही नयाँ कुरा खोज गर्ने उत्सुकता तर रामसंग बेग्लै गम्भीरता र सोच थियो, थियो र त राम राम भएका हुन् । उनको चेतना तह, प्राणीप्र्र्रेम वा पुराणहरुमा वर्णन गरिएजस्तो चामत्कारिक क्षमता । उनले बुझे लक्ष्मणको चाहना र अभिप्सा र लक्ष्मणको पुरै शरीर नियालेर रामले भने – ‘अपि स्वर्णमयी लंका न मे लक्ष्मण रोचते जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।’ अर्थात् लंका सुनै सुनको भए पनि मेरो रोजाइमा पर्दैन लक्ष्मण । जननी र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन्छन् ।

रक्सी खाएर बिग्रे

रक्सी खाएर बिग्रे गीत गाएर बिग्रे बैशँको मध्य यात्रामा कसैलाइ पाएर बिग्रे चुहिन थालेको मन मायाले छाएर बिग्रे निश्कर्ष मा भन्नु पर्दा तिम्लाइ चाहेर बिग्रे

शेरेको परिक्षा

शेरेको परिक्षा आएछ ... परिक्षाको अघिल्लो दिन गेस पेपर किनेर ल्योर घोकेर पानी पारेछ... उपिया को बारेमापनि सबै कन्ठ पारेछ उपिया फोहोर ठाउमा हुन्छ यस्ले थुप्रै जनावर लाई हैरान पार्छ उपिया सानो हुन्छ फुत्त फुत्त उफ्रिन्छ यो पर्यो भने चिलाउछ चौपाए दुब्लाउदै जान्छन उपिया मार्ने औषधी निशुल्क पाईन्छ उपिया लाई सम्मान गर्दै बिभिन्न कबिले कबिता लेखेका छन......भन्दै सबै घोक्यो र मख्ख पर्दै सुत्यो अर्को दिन परिक्षा दिन गयो........ प्रश्न एउटा यस्तो थियो बिरालो को बारेमा लेख्नुहोस् शेरेले बिरालो घर पालुवा जिबहो यस्ले दुध पिउछ मुसा मार्छ लेखेछ अरु त पढेको थिएन सबै उपिया को पढेको थियो अब के गरौ भनेर सोचेछ र लेखेछ यदी बिरालो फोहोर भयो भने बिरालो लाई उपिया पर्छ उपिया फोहोर ठाउमा हुन्छ यस्ले थुप्रै जनावर लाई हैरान पार्छ उपिया लाई सम्मान गर्दै बिभिन्न कबिले कबिता लेखेका छन उपिया सानो हुन्छ फुत्त फुत्त उफ्रिन्छ यो पर्यो भने चिलाउछ चौपाए दुब्लाउदै जान्छन उपिया मार्ने औषधी निशुल्क पाईन्छ भन्दै रात भर घोकेको सबै लेख्यो... उत्तर जाँच्ने लाई पो आपत पर्यो उतर पनि ठिकै हो तर के नमिले नमिले जस्तो शेरेको अर्को परिक्षा लिनु पर्छ भनेर पुन्ह: परिक्षा लीए प्रश्न एस्तो थियो गाई को बारेमा लेख्नुहोस् शेरेले त गाइको बारे पढेकै थिएन तेसैले लेखेछ गाई बाधेर राखिन्छ दिसा पिसाब गरेकै ठाउँ मा बस्नेहुँदा फोहोर हुन्छ यदी फोहोर भयो भने गाई लाई उपिया पर्छ उपिया फोहोर ठाउमा हुन्छ यस्ले थुप्रै जनावर लाई हैरान पार्छ उपिया लाई सम्मान गर्दै बिभिन्न कबिले कबिता लेखेका छन उपिया सानो हुन्छ फुत्त फुत्त उफ्रिन्छ यो पर्यो भने चिलाउछ चौपाए दुब्लाउदै जान्छन उपिया मार्ने औषधी निशुल्क पाईन्छ भन्दै रात भर घोकेको सबै लेख्यो... उत्तर ठिकै हो तर सबै उपियाको बारेमा छ अब यस्लाई उपिया नपर्ने जनवर को नाम दिउ र अझ एक पटक परिक्षा लिउ भनेर परिक्षा लिएछन प्रश्न यस्तो थियो माछा को बारेमा लेख्नुहोस् सोच्नुहोस् अब के लेखेको होला शेरेले???? उस्ले लेख्यो:माछा पानीमा बस्छ। सधैं नुहाउने हुँदा उपिया पर्दैन तर यदी माछा पानीको सट्टा जमिनमा बसेको भ माछा पनि फोहोर हुन्थ्यो होला यदी माछा फोहोर भयो भने उस्लाई पनि उपिया लाई उपिया पर्छ उपिया फोहोर ठाउमा हुन्छ यस्ले थुप्रै जनावर लाई हैरान पार्छ उपिया लाई सम्मान गर्दै बिभिन्न कबिले कबिता लेखेका छन उपिया सानो हुन्छ फुत्त फुत्त उफ्रिन्छ यो पर्यो भने चिलाउछ चौपाए दुब्लाउदै जान्छन उपिया मार्ने औषधी निशुल्क पाईन्छ भन्दै रात भर घोकेको सबै लेख्यो... उत्तर देखेर शिक्षक त बेहोस..हा हा

कागज काट्ने बन्चरो

कागज काट्ने बन्चरो काठ काट्ने कैंची कुखुराले पाडो पायो छक्क पर्यो भैंसी आज भैसी काहां चर्यो कर्णालीको तिरमा पाडो टिपी चिलले लग्यो कुखुरा लड्यो डिलमा तल पर्यो थर्को डांडा माथी पर्यो भैसे अफिस गको मौका पारी बुढी पोइल गैछ कागज काट्ने बन्चरो काठ काट्ने कैंची आहाल बस्यो चैते ढेडु रुख चढ्यो भैंसी गोरु गर्छ भुनुनु ड्वांड्वां गर्ने मौरी माछा पस्यो जंगलतिर स्यालले खेल्यो पौढी